

यस दुःखद एवं संकटको घडिमा अस्ट्रेलियन रेडक्रस हरेक समुदायसँग सँगै उभिएको छ । हामिले संकटमा परेका समुदायलाइ संकट सामना गर्न र पुनःस्थापित हुन सहयोग गर्दै आएको धेरै दशक भएकोले, दुर्घटनाले कसरी साथिभाइ, परिवार र समुदायलाइ असर गर्दछ भनेर बुझेका छौं । यस्तो अवस्थामा मनिसहरु त्यसमा पनि बालबालिकाहरु कमजोर, चिन्तित वा डराएका हुन्छन् । यो जानकारीले सहयोग गर्न सक्दछ ।
यस्तो अवस्थामा निराश महसुस हुनु सामान्य हो । तर तपाँइलाइ कस्तो महसुस भइरहेको छ भनेर आँफुले बिस्वास गर्ने व्यक्तिसँग कुराकानि गर्नु र आँफ्नो हेरचाह गर्नु महत्वपूर्ण हुन्छ । म निकै तनावपूर्ण अवस्थाबाट गुज्रिए भनेर मनन गर्नुहोस् र अहिले आँफुलाइ कस्तो महसुस भइरहेको छ भनेर ध्यान दिनुहोस् । सकेसम्म आरामा गर्न अनि निदाउन कोसिस गर्नुहोस्, स्वस्थ्य खाना खानुहोस् र आँफुलाइ सुरक्षित महसुस गराउने कृयाकलापको लागि समय दिनुहोस् । संकटपूर्ण घटनाले हाम्रो शरिर, हाम्रो दिमाग र हाम्रो सम्वन्धहरुमा पनि असर गर्दछ । केहि मानिसहरुले यस्तो घटना पछि बिविध किसिमका प्रतिकृयाहरु देखाउन सक्दछन् तर धेरै मानिसहरु परिवार, साथिभाइ एवं समुदायको सहयोग पाएमा समय सँगै राम्रोसँग पुनःस्थापित हुन सक्दछन् भन्ने कुरा बझ्न जरुरि छ ।
तनावपूर्ण घटनापछि तपाँइलाइ यस्ता शारिरिक असरहरु देखा पर्न सक्दछन्:
दुर्घटनाले निम्त्याएको तनाबका यि सामान्य प्रतिकृया हुन् । धेरै जस्तो व्यक्तिहरुमा यस्ता प्रतिकृयाहरु बिस्तारै हराँउदै जान्छन्, तर यस्तो अवस्था ४-६ हप्तापछि पनि रहिरह्रो भने सहयोग माग्नु जरुरि हुन्छ ।
दुखद घटनाहुँदा वा त्यसपछि घटनाको बारेमा जति सक्दो जानकारि लिन मन लाग्नु सामान्य हो ।
यदृपि तपाँइले आँफुलाइ चाहिएको जानकारी लिने र लगातार तनावपूर्ण जानकारी हेरेर वा सुनेर आँफुलाइ पर्नसक्ने नकारात्मक असरबाट आँफुलाइ बचाउने बिचमा सन्तुलन कायम राख्नु पर्दछ । धेरैजसोलाइ अत्याधिक रुपमा संचारमा समय व्यतित गरेमा तनाव झन् बढेर जान्छ ।
बालबालिकालाइ तनावपूर्ण तस्विर र ध्वनिबाट पर्नसक्ने असर कम गर्न जरुरी हुन्छ ।
संकटकारी घटनाले भावनात्मक रुपमा भारी महसुस गराउन सक्दछ । ति प्रभावहरूको गम्भीरताका बावजुद पनि धेरै व्यक्तिहरु साथिभाइ, परिवार तथा छिमेकीहरुको साथ पाएर ति प्रभावहरुबाट पुनःस्थापित हुन सक्दछन् ।
आफन्तहरुलाइ सहयोग गर्ने मनसाय भएपनि केहि व्यक्तिहरुलाइ कसरि प्रभावकारि सहयोग दिने भन्ने बारेमा दुविधा हुन्छ र आँफुले सहयोगका नाममा केहि नराम्रो गर्छु कि भनेर चिन्ता हुन्छ । तपाँइले आफन्तहरुलाइ सहयोग गर्न निम्न कुरा गर्न सक्नुहुन्छ ।
संकटकारी घटना पछि अरुलाइ सहयोग र समर्थन गर्नु आँफैमा तनाबपूर्ण हुन सक्दछ । समुदायहरु, स्वयंसेवकहरु, साथिभाइ र पारिवारिक सदस्यहरु जसले अरुलाइ सहयोग गर्दैछन्, उनिहरुले आँफ्नो पनि हेरचाह गर्नुपर्दछ ।
केहि सुझाबहरु:
तनावपूर्ण घटना पछि अभिभावकहरुलाइ आँफ्ना छोराछोरीहरुको चिन्ता लाग्नु सामान्य हो । धेरै अभिभावकहरुले आँफ्ना बालबालिकाले देखाएको व्यबहार सामान्य हो कि होइन भनेर वा आँफ्ना बालबालिका लाइ कसरि सहयोग गर्ने भनेर चिन्ता लाग्दछ ।
केटाकेटिले देखाउने धेरै जस्तो प्रतिकृया सामन्य हुन्छन्, तैपनि बालबालिकाहरु कसरि तनावपूर्ण घटना पछि पुनःस्थापित हुन्छन् भन्ने कुरा उनिहरुको जिवनका अभिन्न बयस्कहरु कसरि आँफु पुनःस्थापित हुन्छन् भन्ने कुराले देखाँउछ । त्यसैले बयस्कहरुले आँफ्नो ध्यान राख्नु महत्वपूर्ण हुन्छ । यसलाइ हवाइजहाजमा अक्सिजनको मास्क लगाउने जसरि बुझ्नुहोस् – तपाँइले अरुको हेरचाह गर्न सक्षम हुन आँफु स्यंमलाइ पहिले हेरचाह गर्रनुपर्छ ।
तनावपूर्ण घटनापछि बालबालिकाले कस्तो प्रतिकृया गर्दछन् भनेर तल केहि उदाहरणहरु दिइएका छन् ।
भर्खरका युवाहरुको आँफ्नो परिवार बाहेक अन्य सम्बन्धहरु पनि हुन्छन् जसलाइ उनिहरुले रेखदेख गर्नुपर्दछ । कोहि आँफै पनि अभिभावक भैसकेका हुन्छन् । उनिहरुको आर्थिक, कार्यलयको वा अन्य जिम्मेवारी पनि हुन सक्दछ । सम्पूर्ण बालबालिका र युवाहरु, जुनसुकै उमेरका किन नहुन्, उनिहरुलाइ अभिभावकले राम्रो र एकै हिसाबको उदाहरण प्रस्तुत गर्नु आवश्यक हुन्छ । बिशेषतः जीवन भङ्ग भएको बेलामा त झनै जरुरत पर्दछ । उनिहरुलाइ यदि अतिरिक्त समर्थन आवश्यक छ भने कुराकानि गर्न आफ्नै उमेरसमुहका व्यक्तिहरु सम्पर्कमा छन् भन्ने सुनिश्चित गर्नुहोस् ।
तनावपूर्ण घटना पछि अभिभावकहरुले आँफ्ना बालबालिकाहरुलाइ परिस्थितिको सामना गर्न सहयोग गर्न चाहान्छन् । केहि सुझाबहरु यहाँ छन् ।
यदि तपाँइलाइ तनावपूर्ण घटना पछि परिस्थिति सामना गर्न गाह्रो भएको छ भने यि संस्थाहरुले थप सहयोग गर्न सक्दछन्:
नजिकको चिकित्सक वा /पारिवारिक चिकित्सकलाइ सम्पर्क राख्नुहोस्
लाइफलाइनलाइ १३ ११ १४ मा फोन गर्नुहोस्
बियोन्ड ब्लुलाइ १३०० २२ ४६३६ मा फोन गर्नुहोस्
बालबालिकाको सहयोगी (किड्स हेल्पलाइन) लाइनलाइ १८०० ५५१ ८०० मा फोन गर्नुहोस्
यदि तपाँइलाइ थप जानकारि चाहिएमा अस्ट्रेलियन रेडक्रसलाइ १८०० RED CROSS (७३३ २७६) मा सम्पर्क राख्नुहोस् वा
भन्ने वेबसाइटमा जानुहोस् वा contactus@redcross.org.au मा इमेल गर्नुहोस् ।
Australian Red Cross acknowledges the Aboriginal and Torres Strait Islander peoples as the Traditional Owners and Custodians of this land, their ancestors and Elders, past and present.
Learn about our Reconciliation Action Plan and how we can all make reconciliation real.
This website may contain the images, voices or names of people who have passed away.


All donations to Australian Red Cross are tax-deductible in Australia. Site protected by Google Invisible reCAPTCHA. © Australian Red Cross 2026. ABN 50 169 561 394
