Skip to main navigation Skip to main content

दुःखद घटना घटेपछि

समुदाय, अभिभावक तथा हेरचाहकर्ताहरुको लागि जानकारी

यस दुःखद एवं संकटको घडिमा अस्ट्रेलियन रेडक्रस हरेक समुदायसँग सँगै उभिएको छ । हामिले संकटमा परेका समुदायलाइ संकट सामना गर्न र पुनःस्थापित हुन सहयोग गर्दै आएको धेरै दशक भएकोले, दुर्घटनाले कसरी साथिभाइ, परिवार र समुदायलाइ असर गर्दछ भनेर बुझेका छौं । यस्तो अवस्थामा मनिसहरु त्यसमा पनि बालबालिकाहरु कमजोर, चिन्तित वा डराएका हुन्छन् । यो जानकारीले सहयोग गर्न सक्दछ । 

के यो सामान्य प्रतिक्रिया हो? 

यस्तो अवस्थामा निराश महसुस हुनु सामान्य हो । तर तपाँइलाइ कस्तो महसुस भइरहेको छ भनेर आँफुले बिस्वास गर्ने व्यक्तिसँग कुराकानि गर्नु र आँफ्नो हेरचाह गर्नु महत्वपूर्ण हुन्छ । म निकै तनावपूर्ण अवस्थाबाट गुज्रिए भनेर मनन गर्नुहोस् र अहिले आँफुलाइ कस्तो महसुस भइरहेको छ भनेर ध्यान दिनुहोस् ।  सकेसम्म आरामा गर्न अनि निदाउन कोसिस गर्नुहोस्, स्वस्थ्य खाना खानुहोस् र आँफुलाइ सुरक्षित महसुस गराउने कृयाकलापको लागि समय दिनुहोस् । 
संकटपूर्ण घटनाले हाम्रो शरिर, हाम्रो दिमाग र हाम्रो सम्वन्धहरुमा पनि असर गर्दछ । केहि मानिसहरुले यस्तो घटना पछि बिविध किसिमका प्रतिकृयाहरु देखाउन सक्दछन् तर धेरै मानिसहरु परिवार, साथिभाइ एवं समुदायको सहयोग पाएमा समय सँगै राम्रोसँग पुनःस्थापित हुन सक्दछन् भन्ने कुरा बझ्न जरुरि छ । 

तनावपूर्ण घटनापछि तपाँइलाइ यस्ता शारिरिक असरहरु देखा पर्न सक्दछन्:

  • निदाउन गाह्रो हुने 
  • माँसपेसीहरु दुख्ने 
  • पहिलेदेखि रहेका बिमारिहरु झन् खराब हुने (जस्तै बाथ वा दम)
  • टाउको दुख्ने र बान्ता होला जस्तो हुने 
  • छटपटी हुने 
  • कुनै कुरामा ध्यान दिन वा समस्या समाधान गर्न गाह्रो हुने 
  • धेरै किसिमका भावनाहरु आउने जस्तै रिस, चिन्ता, डर, असहायपन, आत्मग्लानि

दुर्घटनाले निम्त्याएको तनाबका यि सामान्य प्रतिकृया हुन् । धेरै जस्तो व्यक्तिहरुमा यस्ता प्रतिकृयाहरु बिस्तारै हराँउदै जान्छन्, तर यस्तो अवस्था ४-६ हप्तापछि पनि रहिरह्रो भने सहयोग माग्नु जरुरि हुन्छ । 

के म समाचार हेरौं?  

दुखद घटनाहुँदा वा त्यसपछि घटनाको बारेमा जति सक्दो जानकारि लिन मन लाग्नु सामान्य हो । 

यदृपि तपाँइले आँफुलाइ चाहिएको जानकारी लिने र लगातार तनावपूर्ण जानकारी हेरेर वा सुनेर आँफुलाइ पर्नसक्ने नकारात्मक असरबाट आँफुलाइ बचाउने बिचमा सन्तुलन कायम राख्नु पर्दछ । धेरैजसोलाइ अत्याधिक रुपमा संचारमा समय व्यतित गरेमा तनाव झन् बढेर जान्छ ।  

बालबालिकालाइ तनावपूर्ण तस्विर र ध्वनिबाट पर्नसक्ने असर कम गर्न जरुरी हुन्छ ।  

  • निम्न उपायहरुले बालबालिकामा तनावपूर्ण संचारको असर कम गर्न सक्दन्:
  • मुख्यतः भिडियो वा तस्विरहरु तनावपूर्ण हुन सक्दछन् 
  • एउटै तनावपूर्ण भिडियो लगातार नहेर्नुहोस् 
  • यस्ता समाचार स्रोत प्रयोग गर्नुहोस् जसले तपाँइलाइ चाहिएको जानकारि दिन सक्दछन्, नकि यस्ता स्रोत जसले एउटै दुखद घटना वा भिडियो बारम्बार दोहोर्याइरहन्छन् 
  • बालबालिकाले संचारमा आएको जानकारीलाइ भिन्न तरिकाले बुझ्न सक्दछन् । उनिहरुलाइ संचारमा कस्तो जानकारि देखे भनेर सोध्नुहोस् र उनिहरुको उमेर सुहाँउदो हिसाबले ति कुराहरु बुझाउनुहोस् । 

मैले कसरी मेरा साथिभाइ र परिवारलाइ सहयोग गर्न सक्दछु?

संकटकारी घटनाले भावनात्मक रुपमा भारी महसुस गराउन सक्दछ । ति प्रभावहरूको गम्भीरताका बावजुद पनि धेरै व्यक्तिहरु साथिभाइ, परिवार तथा छिमेकीहरुको साथ पाएर ति प्रभावहरुबाट पुनःस्थापित हुन सक्दछन् । 
आफन्तहरुलाइ सहयोग गर्ने मनसाय भएपनि केहि व्यक्तिहरुलाइ कसरि प्रभावकारि सहयोग दिने भन्ने बारेमा दुविधा हुन्छ र आँफुले सहयोगका नाममा केहि नराम्रो गर्छु कि भनेर चिन्ता हुन्छ । तपाँइले आफन्तहरुलाइ सहयोग गर्न निम्न कुरा गर्न सक्नुहुन्छ ।  

  • आफ्नो परिवार र साथिभाइसँग समय बिताउनु होस् ।
  • सहयोगको प्रस्ताव राख्नुहोस् र उनिहरुको कुरा सुन्नुहोस् । 
  • प्रभावित भएका व्यक्तिहरु प्रति धैर्रय राख्नुहोस् । 
  • व्यक्तिहरुलाइ चाहिए जति समय, ठाउँ र धैर्यता दिनुहोस् । 
  • आँफुले कसरि सहयोग गर्न सक्छु भनेर सोध्न नहिच्किचाउनुहोस् । 

मैले आफ्नो हेरचाह कसरि गर्न सक्दछु? 

संकटकारी घटना पछि अरुलाइ सहयोग र समर्थन गर्नु आँफैमा तनाबपूर्ण हुन सक्दछ । समुदायहरु, स्वयंसेवकहरु, साथिभाइ र पारिवारिक सदस्यहरु जसले अरुलाइ सहयोग गर्दैछन्, उनिहरुले आँफ्नो पनि हेरचाह गर्नुपर्दछ । 

केहि सुझाबहरु:  

  • राम्ररी आराम गर्नुहोस् । 
  • आँफ्नो खाना र शारिरिक स्वास्थ्यको हेरबिचार गर्नुहोस् । 
  • आँफ्ना सम्वन्धहरुको हेरबिचार गर्रनुहोस् । आँफ्नो नजिकका व्यक्तिहरुसँग कुराकानी गर्नुहोस् र तपाँइ वा तपाँइको छोराछोरीलाइ केहि सहयोगको खाँचो छ भने सहयोग माग्नुहोस् ।  
  • आँफुलाइ खुसी दिने कुराहरु गर्नुहोस् । सकेसम्म आँफुलाइ रमाइलो हुने कृयाकलापमा सहभागि हुनुहोस् । 
  • आँफ्नो समुदाय, छिमेकि तथा अन्य समुहहरुसँग सम्वन्धमा रहनुहोस् । व्यक्तिगत वा पारिवारिक हिसावमा एक्लो नरहनुहोस् ।

मैले केटाकेटिहरुलाइ के भन्ने?   

तनावपूर्ण घटना पछि अभिभावकहरुलाइ आँफ्ना छोराछोरीहरुको चिन्ता लाग्नु सामान्य हो । धेरै अभिभावकहरुले आँफ्ना बालबालिकाले देखाएको व्यबहार सामान्य हो कि होइन भनेर वा आँफ्ना बालबालिका लाइ कसरि सहयोग गर्ने भनेर चिन्ता लाग्दछ । 

केटाकेटिले देखाउने धेरै जस्तो प्रतिकृया सामन्य हुन्छन्, तैपनि बालबालिकाहरु कसरि तनावपूर्ण घटना पछि पुनःस्थापित हुन्छन् भन्ने कुरा उनिहरुको जिवनका अभिन्न बयस्कहरु कसरि आँफु पुनःस्थापित हुन्छन् भन्ने कुराले देखाँउछ । त्यसैले बयस्कहरुले आँफ्नो ध्यान राख्नु महत्वपूर्ण हुन्छ । यसलाइ हवाइजहाजमा अक्सिजनको मास्क लगाउने जसरि बुझ्नुहोस्  –  तपाँइले अरुको हेरचाह गर्न सक्षम हुन आँफु स्यंमलाइ पहिले हेरचाह गर्रनुपर्छ । 

तनावपूर्ण घटनापछि बालबालिकाले कस्तो प्रतिकृया गर्दछन् भनेर तल केहि उदाहरणहरु दिइएका छन् ।  

प्रतिकृयाहरु: नवजात शिशु देखि ५ वर्ष सम्मका शिशुहरू – केहि सामान्य प्रतिकृयाहरु:

  • पहिले जस्तो औंला चुस्ने बानिमा फर्किने
  • ओछ्यान भिजाउने वा अध्यारोमा डराउने 
  • निदाउन नसक्ने वा रातिमा डराउने 
  • खानाखाने तरिकामा वा बानीमा परिवर्तन 
  • आँफुबाट छुटाउन समस्या, एक्लै बस्न नमान्ने 
  • सानो कुरामा झस्किने, आत्तिने वा धेरै चकचक गर्ने
  • चुनौतीपूर्ण व्यवहारहरु 
  • परिचित व्यक्तिहरु वा सामानहरुसँग छुट्न नमान्ने 
  • असुरक्षित महसुस गर्ने वा फेरि त्यस्तै घटना हुन्छ भनेर डराउने 
  • नयाँ सीप, व्यहोरा वा आत्म-हेरविचार व्यवहार भूल्ने 
  • डराएको अनुहार बनाउने 
  • रुने, चिडाउने वा चिच्चाउने

प्रतिकृयाहरु: ६ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकाहरू – उनिहरुले माथि दिइएका प्रतिकृया पनि देखाउन सक्दछन् र त्यसका साथसाथै: 

  • सजिलै निराश, चिन्तित, बदमास र आक्रामक बन्ने 
  • झगडा सुरुगर्ने 
  • क्रोध प्रदर्शन गर्ने 
  • चुप लाग्ने र परिवार तथा साथिभाइबाट एक्लिने 
  • आत्मग्लानि महसुस गर्ने 
  • भावनात्मक रुपमा केहि महसुस नगर्ने 
  • आधारहीन शारीरिक समस्या को गुनासो गर्ने 
  • कम उमेरको बच्चा जस्तो व्यबहार गर्ने 
  • सानो कुरालाइ ठुलो बनाउने वा उदण्ड व्यबहार देखाउने
  • ध्यान दिन, सुन्न र सम्झन नसक्ने 
  • बिधालयमा दिएको कार्यहरु राम्ररी नगर्ने 

प्रतिकृयाहरु: १२ देखि १८ वर्ष सम्मका बालबालिकाहरू – उनिहरुले माथि दिइएका प्रतिकृया पनि देखाउन सक्दछन् र त्यसका साथसाथै:

  • घटनाको बारेमा वा घटनाको बेला आँफुले धेरै गर्न सकिन भनेर आत्मग्लानि महसुस गर्ने 
  • निरास बन्ने 
  • बढि सक्रिय बन्ने
  • परिवार र/वा उमेर समुहबाट आँफुलाइ एक्ल्याउने 
  • घटेको घटनाको बारेमा कुराकानि गर्न नरुचाउने 
  • घटनाको यादहरु एवं डरलाग्दो सपनाहरु देख्ने र सुत्न नसक्ने 
  • आँफ्नो हेरचाह गर्न कम गर्दै लाने 
  • बढि/कम खाने 
  • बिधालय वा काममा गाह्रो महसुस गर्ने 
  • पारिवार र साथिभाइसँगको सम्वन्धमा सङ्घर्ष 
  • असामाजिक व्यबहार प्रस्तुत गर्ने (जस्तै अनादर गर्ने वा विनाशकारी हुने)  
  • जोखिम मोल्ने वा खतरनाक व्यवहार देखाउने

प्रतिकृयाहरु: १८ देखि २५ वर्ष उमेरसमुहहरू –माथि दिइएका साथसाथै अन्य प्रतिकृयाहरु:

  • प्रियजनहरूलाई लागेको चोट र सम्पत्ति नोक्सान भएकोमा गहन जिम्मेवारी महसुस गर्ने
  • काम र पढाइको प्रतिबद्धताले बढि तनाब महसुस गर्ने 
  • पहिलेको दैनिकिमा जान र पहिले 'सामान्य' लाग्ने कार्य को व्यवस्थापन गर्न कठिनाई हुने
  • आलस्य वा केहि गर्न जोश नहुने
  • स्वतन्त्रता वा गोपनीयता हराएकोमा क्रोध देखाउने वा झिँझो मान्ने
  • आँफ्नो जीवनको उद्देश्यमा प्रश्न गर्ने
  • काम, अध्ययन र सामाजिक मागहरूलाइ प्राथमिकता दिन/वा व्यवस्थापन गर्न कठिनाइ हुने

भर्खरका युवाहरुको आँफ्नो परिवार बाहेक अन्य सम्बन्धहरु पनि हुन्छन् जसलाइ उनिहरुले रेखदेख गर्नुपर्दछ । कोहि आँफै पनि अभिभावक भैसकेका हुन्छन् । उनिहरुको आर्थिक, कार्यलयको वा अन्य जिम्मेवारी पनि हुन सक्दछ । सम्पूर्ण बालबालिका र युवाहरु, जुनसुकै उमेरका किन नहुन्, उनिहरुलाइ अभिभावकले राम्रो र एकै हिसाबको उदाहरण प्रस्तुत गर्नु आवश्यक हुन्छ । बिशेषतः जीवन भङ्ग भएको बेलामा त झनै जरुरत पर्दछ ।  उनिहरुलाइ  यदि अतिरिक्त समर्थन आवश्यक छ भने कुराकानि गर्न आफ्नै उमेरसमुहका व्यक्तिहरु सम्पर्कमा छन् भन्ने सुनिश्चित गर्नुहोस् । 

मैले मेरा बालबालिकालाइ परिस्थितिको सामना गर्न कसरि सहयोग गर्न सक्छु? 

तनावपूर्ण घटना पछि अभिभावकहरुले आँफ्ना बालबालिकाहरुलाइ  परिस्थितिको सामना गर्न सहयोग गर्न चाहान्छन् । केहि सुझाबहरु यहाँ छन् ।   

के सहयोगी हुनसक्दछ:

तपाँइले पहिले आँफ्नो हेरबिचार गर्रनुहोस् 
उनिहरु के भन्न चाहान्छन् सुन्नुहोस् । उनिहरुको प्रश्नको उत्तर दिनुहोस् । 
बालबालिकालाइ के भएको हो भनेर जान्न सहयोग गर्नुहोस् । इमानदार हुनुहोस्। तथ्यमा आधारित जानकारी दिनुहोस्, अफवाह वा आशा होइन ।  
भविष्यबारे उनीहरूलाई आश्वस्त पार्नुहोस् ।
बालबालिकाले परिस्थिति सामना गर्न सक्ने भइसकेपछि पहिले जस्तो घरायसि काम वा जिम्मेवारीमा लगाउनुहोस् । 
नियमित दैनिकि बनाउनु होस् (सुत्न भन्दा अगाडि पढ्ने, खाना सँगै बसेर खाने, सँगै बसेर टिभी हेर्ने)
खेल्न र रमाइलो गर्न प्रोत्साहन गर्नुहोस् ।
परिवारका सदस्यहरु सँगै बस्न र एक अर्कासँग रमाइलो गर्न समय मिलाउनुहोस् । हाँस्नुहोस् । 
आँफ्नो भावना र बिचारहरु खुलेर व्यक्त गर्नुहोस् । बालबालिकाले यसैपनि ति कुराहरु थाहा पाएका हुन्छन् । 
परिवारमा भावनाहरु बाँड्न सक्ने वातावरण बनाउनुहोस् तर भावनात्मक रुपमा भारी हुने हिसाबले होइन ।
बालबालिकालाइ रुन, तपाँइ वा घर वरिपरि बस्न, टाँसिन वा नजिक हुन दिनुहोस् ।
उनिहरुलाइ धन्यबाद दिने वा प्रशंसा गर्ने गर्नुहोस् ।

के कम सहयोगि हुन सक्दछ:

बालबालिकालाइ साहसी वा कठोर हुन मांग गर्नु 
छिटै त्यो घटना भुल्न पर्दछ भन्ने आस राख्नु 
उनिहरुले सक्नेभन्दा बढि जिम्मेवारी लिउन् भन्ने आस राख्नु 
उनिहरुले भावना प्रदर्शन गरे भने रिसाउनु 
उनिहरुको कुराहरु भन भनेर जबरजस्ती गर्नु वा व्यक्तिगत कुराहरुमा चासो दिनु 
आँफुले गर्न सक्ने भन्दा बढि प्रतिज्ञा गर्नु 
कुराहरुमा ठेडि लगाउनु – भावनाहरुलाइ भारी महसुस नगरि बालबालिका सामु व्यक्त गर्नुहोस् 
मलाइ सबै ठिक छ भनेर बाहाना गर्नु 

यदि तपाँइलाइ तनावपूर्ण घटना पछि परिस्थिति सामना गर्न गाह्रो भएको छ भने यि संस्थाहरुले थप सहयोग गर्न सक्दछन्:  

नजिकको चिकित्सक वा /पारिवारिक चिकित्सकलाइ सम्पर्क राख्नुहोस्

लाइफलाइनलाइ १३ ११ १४ मा फोन गर्नुहोस्  

बियोन्ड ब्लुलाइ १३०० २२ ४६३६ मा फोन गर्नुहोस्  

बालबालिकाको सहयोगी (किड्स हेल्पलाइन) लाइनलाइ १८०० ५५१ ८०० मा फोन गर्नुहोस्  

यदि तपाँइलाइ थप जानकारि चाहिएमा अस्ट्रेलियन रेडक्रसलाइ १८०० RED CROSS (७३३ २७६) मा सम्पर्क राख्नुहोस् वा  www.redcross.org.au/aftertheemergency  भन्ने वेबसाइटमा जानुहोस् वा contactus@redcross.org.au मा इमेल गर्नुहोस् ।