QLD

तपाईं रोजगारीसम्बन्धी समस्या सामना गरिरहनुभएको छ भने तपाईं आवश्यक सहायता प्राप्त गर्न सक्नुहुन्छ ।

तल दिइएका संस्थाहरूले आप्रवासी, अस्थायी भिषा वाहक वा भिषाहीन व्यक्तिलाई निःशुल्क जानकारी र सुझाव प्रदान गर्छन् । तपाईं आफ्नो रोजगारदातालाई जानकारी नदिइकनै गोप्य रूपमा आफ्नो समस्या राख्न सक्नुहुन्छ ।

कार्यस्थलसम्बन्धी अधिकार र सुविधाका बारेमा जान्न वा समस्याको बारेमा रिपोर्ट गर्न वा कार्यस्थलसम्बन्धी समस्याको समाधान गर्न सहायता प्राप्त गर्न सम्पर्क गर्नुहोस्ः

Fair Work Ombudsman logo

Fair Work Ombudsman

Fair Work Ombudsman तपाईंलाई सहयोग गर्न तत्पर छ ।

Fair Work Ombudsman कार्यस्थलहरूको नियमन गर्ने अष्ट्रेलियाको सरकारी एजेन्सी हो ।

Fair Work Ombudsman ले सबै कर्मचारीहरूलाई निःशुल्क परामर्श तथा आफ्नो अधिकार बुझ्ने सहायता प्रदान गर्नुका साथै कार्यस्थलसम्बन्धी समस्या समाधान गर्न सक्छ ।

तपाईंले आफ्नो तलव वा कार्यस्थलसम्बन्धी अन्य अधिकारका बारेमा प्रश्न सोध्नुभयो भने पनि तपाईंलाई कुनै समस्या हुँदैन र तपाईंको भिषा रद्द पनि हुँदैन ।

फोन 13 13 94

वेबसाइट www.fairwork.gov.au


युनियनको पूर्ण सहायता

तपाईं युनियन वा पेसागत संगठनको सदस्य हुनुहुन्छ र तपाईं रोजगारीसम्बन्धी समस्या सामना गरिरहनुभएको छ भने सहायताको लागि आफ्नो युनियन प्रतिनिधिलाई सम्पर्क गर्नुहोस् । थप जानकारीका लागि www.australianunions.org.au हेर्नुहोस्

तपाईंलाई दोभाषे सेवा चाहिन्छ भने तपाईं Translating and Interpreting Service को टेलिफोन 13 14 50 मा सम्पर्क गर्न सक्नुहुन्छ ।

Charity donations of $2 or more to Australian Red Cross may be tax deductible in Australia. Site protected by Google Invisible reCAPTCHA. © Australian Red Cross 2024. ABN 50 169 561 394