तल दिइएका संस्थाहरूले आप्रवासी, अस्थायी भिषा वाहक वा भिषाहीन व्यक्तिलाई निःशुल्क जानकारी र सुझाव प्रदान गर्छन् । तपाईं आफ्नो रोजगारदातालाई जानकारी नदिइकनै गोप्य रूपमा आफ्नो समस्या राख्न सक्नुहुन्छ ।
Employment Rights Legal Service (ERLS) ले NSW का आप्रवासी र जोखिममा रहेका कामदारहरूलाई निःशुल्क र गोपनीय रोजगारीसम्बन्धी कानुनी सहायता प्रदान गर्नुका साथै उनीहरूको कानुनी प्रतिनिधित्व गर्छ ।
फोन 02 8004 3270
वेबसाइट www.erls.org.au
LawAccess NSW एक निःशुल्क सरकारी टेलिफोन सेवा हो । यसले NSW मा कानुनी समस्याको सामना गरिरहेका व्यक्तिहरूलाई कानुनी जानकारी, सिफारिस र केही अवस्थामा परामर्श प्रदान गर्छ । यो संस्थाले रोजगारीसम्बन्धी विवाद वा मुद्दामा सहायता प्रदान गर्न सक्छ ।
फोन 1300 888 529
वेबसाइट www.lawaccess.nsw.gov.au
Fair Work Ombudsman तपाईंलाई सहयोग गर्न तत्पर छ ।
Fair Work Ombudsman कार्यस्थलहरूको नियमन गर्ने अष्ट्रेलियाको सरकारी एजेन्सी हो ।
Fair Work Ombudsman ले सबै कर्मचारीहरूलाई निःशुल्क परामर्श तथा आफ्नो अधिकार बुझ्ने सहायता प्रदान गर्नुका साथै कार्यस्थलसम्बन्धी समस्या समाधान गर्न सक्छ ।
तपाईंले आफ्नो तलव वा कार्यस्थलसम्बन्धी अन्य अधिकारका बारेमा प्रश्न सोध्नुभयो भने पनि तपाईंलाई कुनै समस्या हुँदैन र तपाईंको भिषा रद्द पनि हुँदैन ।
फोन 13 13 94
वेबसाइट www.fairwork.gov.au
तपाईं युनियन वा पेसागत संगठनको सदस्य हुनुहुन्छ र तपाईं रोजगारीसम्बन्धी समस्या सामना गरिरहनुभएको छ भने सहायताको लागि आफ्नो युनियन प्रतिनिधिलाई सम्पर्क गर्नुहोस् । थप जानकारीका लागि www.australianunions.org.au हेर्नुहोस्
तपाईंलाई दोभाषे सेवा चाहिन्छ भने तपाईं Translating and Interpreting Service को टेलिफोन 13 14 50 मा सम्पर्क गर्न सक्नुहुन्छ ।