कार्यस्थलसम्बन्धी अधिकार र सुविधाका बारेमा जान्न वा समस्याको बारेमा रिपोर्ट गर्न वा कार्यस्थलसम्बन्धी समस्याको समाधान गर्न सहायता प्राप्त गर्न सम्पर्क गर्नुहोस्ः
Wageline
तपाईं WA मा काम गर्नुहुन्छ र तपाईं सही तलव दरसम्बन्धी जानकारी लिन वा ज्याला कम प्राप्त गर्ने समस्या समाधान गर्न चाहनुहुन्छ भने तपाईंले सुरुमा Department of Mines, Industry Regulation and Safety मा रहेको Wageline मा सम्पर्क गर्दा राम्रो हुन्छ । Wageline ले तपाईंको सन्दर्भमा कुन रोजगारी कानुन लागू हुन्छ भन्ने जाँच्छ र तपाईंलाई तलव, दर र अन्य सुविधासम्बन्धी जानकारी प्रदान गर्छ वा सही जानकारीको लागि Fair Work Ombudsman मा सम्पर्क गर्न लगाउँछ ।
फोन 1300 655 266
इमेल wageline@dmirs.wa.gov.au
वेबसाइट https://www.wa.gov.au/organisation/private-sector-labour-relations/contact-wageline

Fair Work Ombudsman
Fair Work Ombudsman तपाईंलाई सहयोग गर्न तत्पर छ ।
Fair Work Ombudsman कार्यस्थलहरूको नियमन गर्ने अष्ट्रेलियाको सरकारी एजेन्सी हो ।
Fair Work Ombudsman ले सबै कर्मचारीहरूलाई निःशुल्क परामर्श तथा आफ्नो अधिकार बुझ्ने सहायता प्रदान गर्नुका साथै कार्यस्थलसम्बन्धी समस्या समाधान गर्न सक्छ ।
तपाईंले आफ्नो तलव वा कार्यस्थलसम्बन्धी अन्य अधिकारका बारेमा प्रश्न सोध्नुभयो भने पनि तपाईंलाई कुनै समस्या हुँदैन र तपाईंको भिषा रद्द पनि हुँदैन ।
फोन 13 13 94
वेबसाइट www.fairwork.gov.au
युनियनको पूर्ण सहायता
तपाईं युनियन वा पेसागत संगठनको सदस्य हुनुहुन्छ र तपाईं रोजगारीसम्बन्धी समस्या सामना गरिरहनुभएको छ भने सहायताको लागि आफ्नो युनियन प्रतिनिधिलाई सम्पर्क गर्नुहोस् । थप जानकारीका लागि www.australianunions.org.au हेर्नुहोस्
तपाईंलाई दोभाषे सेवा चाहिन्छ भने तपाईं Translating and Interpreting Service को टेलिफोन 13 14 50 मा सम्पर्क गर्न सक्नुहुन्छ ।