तल दिइएका संस्थाहरूले आप्रवासी, अस्थायी भिषा वाहक वा भिषाहीन व्यक्तिलाई निःशुल्क जानकारी र सुझाव प्रदान गर्छन् । तपाईं आफ्नो रोजगारदातालाई जानकारी नदिइकनै गोप्य रूपमा आफ्नो समस्या राख्न सक्नुहुन्छ ।

Circle Green Community Legal ले जोखिममा रहेका र युनियनमा आबद्ध नभएका कामदारहरूलाई निःशुल्क र गोपनीय रोजगारीसम्बन्धी कानुनी परामर्श, शिक्षा, पैरवी, प्रतिनिधित्व, जानकारी र सिफारिस प्रदान गर्छ । यो संस्थामा राज्यव्यापी निःशुल्क टेलिफोन परामर्श सेवा पनि छ । यो सेवाले थप सहायता प्रदान गर्न सक्छ ।
फोन (08) 6148 3636
वेबसाइट www.circlegreen.org.au
तपाईं WA मा काम गर्नुहुन्छ र तपाईं सही तलव दरसम्बन्धी जानकारी लिन वा ज्याला कम प्राप्त गर्ने समस्या समाधान गर्न चाहनुहुन्छ भने तपाईंले सुरुमा Department of Mines, Industry Regulation and Safety मा रहेको Wageline मा सम्पर्क गर्दा राम्रो हुन्छ । Wageline ले तपाईंको सन्दर्भमा कुन रोजगारी कानुन लागू हुन्छ भन्ने जाँच्छ र तपाईंलाई तलव, दर र अन्य सुविधासम्बन्धी जानकारी प्रदान गर्छ वा सही जानकारीको लागि Fair Work Ombudsman मा सम्पर्क गर्न लगाउँछ ।
फोन 1300 655 266
वेबसाइट https://www.wa.gov.au/organisation/private-sector-labour-relations/contact-wageline

Fair Work Ombudsman तपाईंलाई सहयोग गर्न तत्पर छ ।
Fair Work Ombudsman कार्यस्थलहरूको नियमन गर्ने अष्ट्रेलियाको सरकारी एजेन्सी हो ।
Fair Work Ombudsman ले सबै कर्मचारीहरूलाई निःशुल्क परामर्श तथा आफ्नो अधिकार बुझ्ने सहायता प्रदान गर्नुका साथै कार्यस्थलसम्बन्धी समस्या समाधान गर्न सक्छ ।
तपाईंले आफ्नो तलव वा कार्यस्थलसम्बन्धी अन्य अधिकारका बारेमा प्रश्न सोध्नुभयो भने पनि तपाईंलाई कुनै समस्या हुँदैन र तपाईंको भिषा रद्द पनि हुँदैन ।
फोन 13 13 94
वेबसाइट www.fairwork.gov.au
तपाईं युनियन वा पेसागत संगठनको सदस्य हुनुहुन्छ र तपाईं रोजगारीसम्बन्धी समस्या सामना गरिरहनुभएको छ भने सहायताको लागि आफ्नो युनियन प्रतिनिधिलाई सम्पर्क गर्नुहोस् । थप जानकारीका लागि www.australianunions.org.au हेर्नुहोस्
तपाईंलाई दोभाषे सेवा चाहिन्छ भने तपाईं Translating and Interpreting Service को टेलिफोन 13 14 50 मा सम्पर्क गर्न सक्नुहुन्छ ।
Australian Red Cross acknowledges the Aboriginal and Torres Strait Islander peoples as the Traditional Owners and Custodians of this land, their ancestors and Elders, past and present.
Learn about our Reconciliation Action Plan and how we can all make reconciliation real.
This website may contain the images, voices or names of people who have passed away.
All donations to Australian Red Cross are tax-deductible in Australia. Site protected by Google Invisible reCAPTCHA. © Australian Red Cross 2026. ABN 50 169 561 394 All donations to Australian Red Cross are tax-deductible in Australia. Site protected by Google Invisible reCAPTCHA. © Australian Red Cross 2026. ABN 50 169 561 394
