कार्यस्थलसम्बन्धी अधिकार र सुविधाका बारेमा जान्न वा समस्याको बारेमा रिपोर्ट गर्न वा कार्यस्थलसम्बन्धी समस्याको समाधान गर्न सहायता प्राप्त गर्न सम्पर्क गर्नुहोस्ः

Fair Work Ombudsman
Fair Work Ombudsman तपाईंलाई सहयोग गर्न तत्पर छ ।
Fair Work Ombudsman कार्यस्थलहरूको नियमन गर्ने अष्ट्रेलियाको सरकारी एजेन्सी हो ।
Fair Work Ombudsman ले सबै कर्मचारीहरूलाई निःशुल्क परामर्श तथा आफ्नो अधिकार बुझ्ने सहायता प्रदान गर्नुका साथै कार्यस्थलसम्बन्धी समस्या समाधान गर्न सक्छ ।
तपाईंले आफ्नो तलव वा कार्यस्थलसम्बन्धी अन्य अधिकारका बारेमा प्रश्न सोध्नुभयो भने पनि तपाईंलाई कुनै समस्या हुँदैन र तपाईंको भिषा रद्द पनि हुँदैन ।
फोन 13 13 94
वेबसाइट www.fairwork.gov.au
युनियनको पूर्ण सहायता
तपाईं युनियन वा पेसागत संगठनको सदस्य हुनुहुन्छ र तपाईं रोजगारीसम्बन्धी समस्या सामना गरिरहनुभएको छ भने सहायताको लागि आफ्नो युनियन प्रतिनिधिलाई सम्पर्क गर्नुहोस् । थप जानकारीका लागि www.australianunions.org.au हेर्नुहोस्
तपाईंलाई दोभाषे सेवा चाहिन्छ भने तपाईं Translating and Interpreting Service को टेलिफोन 13 14 50 मा सम्पर्क गर्न सक्नुहुन्छ ।