Skip to main navigation Skip to main content

आपतकालीन राहत सहायता - भिक्टोरिया

COVID-19 महामारीको समयमा आपतकालीन आवश्यकताहरू पूरा गर्न वित्तीय सहायता ।

13 जुलाई 2020

COVID-19 द्वारा धेरै मानिस प्रभावित भएका छन् र तपाईंले आफ्नो अत्यन्त आपतकालीन आवश्यकताहरू पूरा गर्न केही वित्तीय सहायताको आवश्यक पर्नसक्छन् भन्ने हामी बुझ्छौं ।

तपाईंले हामीलाई सम्पर्क गर्नु अघि पढ्नु पर्ने केही महत्त्वपूर्ण जानकारी यहाँ छन् ।

आपतकालीन सहायता भनेको के हो ?
यो सेवा कसको लागि हो ?
मैले कसरी आवेदन दिने ?
मलाई अहिले सहयोगको आवश्यकता छ
भिक्टोरियामा भएका मानिसको लागि अतिरिक्त सहायता

आपतकालीन सहायता भनेको के हो ?

आपतकालीन सहायता मानिसलाई उनिहरूको खाना, औषधि वा आश्रय जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न सहयोग गर्न हो ।

अष्ट्रेलियाली रेड क्रसले विशेष गरी कमनवेल्थ आय सहायता (काम खोज्ने र काम दिने सहित) वा भिक्टोरियन सरकारको अन्तर्राष्ट्रिय विद्यार्थी आकस्मिक कोषमा पहुँच नभएका मानिसहरूलाई सहायता गर्न भिक्टोरियन सरकारको कोष प्राप्त गरेको छ ।

सहायता अत्यन्त संकटासन्न अस्थायी र अस्थायी भिसा धारकहरू र आधिकारिक कागजात नभएका आप्रवासीहरूका लागि लक्षित गरिएको छ । व्यक्तिगत आवश्यकतामा आधारित रहेर, तीन साना आपतकालीन सहायता भुक्तानीहरू सम्न प्रति व्यक्ति वा परिवार आगामी छ महिनासम्म बनाउन सकिन्छ ।

तपाईंलाई थप सहायताको आवश्यक छ भने, छुट्टै आपतकालीन सहायता भुक्तानी उपलब्ध हुन सक्छ । तपाईंले दुबै भुक्तानीहरू पहुँच गर्न हुन छुट्टै आवेदन दायर गर्न आवश्यक पर्नेछ ।

आपतकालीन सहायता भुक्तानीहरू आम्दानी सहायता होइनन्। तिनीहरू सीमित छन् र हामीलाई थाहा छ तपाईंसँग भएका सबै आवश्यकताहरू पूरा गर्न सक्दैनौं ।

यो सेवा कसको लागि हो ?

COVID-19 बाट प्रभावित ठूलो सङ्ख्यामा मानिसहरू हुँदा, सहायता अनिवार्य आवश्यकता भएका भिक्टोरियामा बस्ने मानिसहरूमा मात्र प्रस्ताव गरिएको हुन सक्छ जो :

  • अष्ट्रेलियन नागरिक वा स्थायी निवासीहरू होइनन्;
  • कमनवेल्थ सरकारको आय समर्थनका लागि योग्य छैनन्; र
  • अस्थायी भिसा धारकहरूका लागि (Red Cross) द्वारा डेलीभरि गरिएका बाहेक) राज्य वा टेरिटोरी कोषहरूका लागि योग्य छैनन्;
  • जसको आम्दानी छैन वा धेरै सीमित आम्दानी छ, बचत छैन वा धेरै सीमित बचत छ र साथी, परिवार वा समुदायबाट अन्य सहायता पहुँच गर्दैनन् ।

भिक्टोरियन सरकारकोअन्तर्राष्ट्रिय विद्यार्थी आकस्मिक सहायता कोषका लागि योग्य भएका अन्तराष्ट्रिय विद्यार्थीहरूले, पहिलो दृष्टान्तमा उक्त कार्यक्रममा आवेदन दिनुपर्छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि हाम्रो COVID19स्रोतहरूका जानकारी पत्रहेर्नुहोस्

तपाईं भिक्टोरियामा बसोबास गर्नुहुन्न भने तपाईंले विभिन्न आपतकालीन सहायताको लागि आवेदन दिन सक्नुहुन्छ

मैले कसरी आवेदन दिने ?

तपाईंले आवेदन सुरु गर्नु अघि तपाईंलाई निम्न कुराको आवश्यक पर्नेछ :

तपाईंको हाल वा अत्यन्त तत्काल भिसा स्थितिको प्रमाणजस्तै तपाईंको पासपोर्ट नम्बर वा immi कार्ड नम्बर। तपाईं अनिश्चित हुनुहुन्छ भने, कृपया आवेदन भित्र राख्नुहोस् र हामीले तपाईंलाई सल्लाह गर्न फोन गर्नेछौं ।

आर्थिक कठिनाईको प्रमाण :

  1. परिवारका सबै वयस्क सदस्यहरूले आवेदन मितिबाट तीन महिनादेखिको हालैको बैङ्क विवरण पेश गर्नुपर्छ ।
  2. तपाईंसँग अर्को बैंक खातामा नियमित स्थानान्तरहरू छनछन् भने तपाईंले त्यस खाताको लागि बैंक विवरण उपलब्ध गराउन आवश्यक पर्नेछ
  3. तिनीहरूले तपाईंको नाम , खाता नम्बरर ठेगानादेखाए भने मात्रस्क्रिनसटहरू स्वीकार्य हुन्छ

तपाईंले यो जानकारी उपलब्ध गराउनु भएन भने तपाईंको आवेदन ढिलो हुन सक्छ ।

तपाईंको आवेदनमा तपाईंलाई थप सहयोग आवश्यक पर्छ भने तपाईंले रेड क्रसबाट फोन कल उठाउन चयन गर्न सक्नुहुन्छ । रेड क्रसले तपाईंलाई आवेदनको मितिको दुई हप्ताभित्रमा फोन गर्नेछ।

COVID-19 को अवधिमा सबैजनाको सुरक्षालाई सुरक्षित गर्न, कृपया हाम्रो रेड क्रस कार्यलयमा नआउनुहोस्। तपाईंलाई आवेदन दिन समस्या भइरहेको छ भने,हामीलाई इमेल गर्नुहोस्. कृपया इमेल मार्फत कुनै पनि कागजात नपठाउनुहोस्।

मलाई अहिले मद्दतको आवश्यकता छ

तपाईंको स्वास्थ्य र सुरक्षा अहिले जोखिममा छ भने, कृपया 000 मा फोन गर्नुहोस् ।

तपाईं अन्तर्राष्ट्रिय विद्यार्थी हुनुहुन्छ भने, कृपया उनीहरूले के सहायता उपलब्ध गराउन सक्छन् भनी हेर्न पहिला आफ्नो संस्था वा आफ्नो राज्य वा टेरिटोरी सरकारमा सम्पर्क गर्नुहोस्। हाम्रो जानकारी पाना हेर्नुहोस्अन्तराष्ट्रिय विद्यार्थीका लागि COVID19 संसाधनहरू। तपाईं सहायताको अर्को फारामको लागि योग्य हुनुहुन्छ भने, तपाईंलाई यो कार्यक्रम मार्फत सहायताका लागि प्राथमिकता दिइने छैन। 

तपाईं काम गर्ने बिदामा पर्यटक हुनुहुन्छ वा आफ्नो गृह राष्ट्रमा फिर्ता जाने कोहीलाई प्रतिक्षा गरिरहनुभएको छ भने, कृपया तपाईंको दूतावास वा महावाणिज्य दूतावासलाई उहाँहरूले पहिलो घटनामा उपलब्ध गराउन सक्ने सहायता बुझाउनका लागि सम्पर्क गर्नुहोस् ।

तपाईंले आफ्ना बचतहरू पहुँच गर्न सक्नुहुन्छ वा घरबाट सहायता पाउनुभएको छ भने, कृपया त्यसो गर्नुहोस्।

तपाईंलाई आफ्नोभिसा , विस्तार , यात्रा र अन्य कुराहरू को बारेमा जानकारी आवश्यक पर्छ भने, गृह मामिलाCOVID-19 र बोर्डर अष्ट्रेलियामा रहने वेबपृष्ठहरूमा अस्थायी भिसा धारकहरूका लागि विस्तृत जानकारी छन्।

अन्य सेवाहरू खोज्न, AskIzzy वा सामाजिक सेवा विभाग मा खोज्नुहोस्

भिक्टोरियामा भएका मानिसहरूका लागि थप सहायता

भिक्टोरियन सरकारको COVID 19 भाडा विपत्ति कार्यक्रम

$2000 सम्म भाडा सहायता भुक्तानीहरू COVID-19 महामारीको कारणले भाडा विपत्तिको अनुभव गरिरहेका भिक्टोरियनहरूलाई उपलब्ध छन् । आवश्यक योग्यताहरूको बारेमा थप कुराहरू फेला पार्नुहोस् र आवेदन दिनुहोस्। 

पारिवारिक हिंसासम्बन्धी सहायता

  • In Touch - पारिवारिक हिंसाको विरूद्धमा बहुसांस्कृतिक केन्द्र
  • Safe Steps
  • Orange Door

मानसिक स्वास्थ्य सेवा

Lifelineअनलाइन, फोन र आमुन्ने-सामुन्ने संकट सहायता र आत्महत्या रोकथाम सेवाहरूमा पहुँच गरेर व्यक्तिगत संकटको अनुभव गरिरहेका अष्ट्रेलियाका मानिसहरूलाई उपलब्ध गराइन्छ । 24/7 गोप्य सहायताको लागि13 11 14  मा फोन गर्नुहोस्।

अङ्ग्रेजीमा नबोल्ने मानिसहरूको लागि नि:शुल्क दोभाषे सेवा उपलब्ध छ । यो सेवा पहुँच गर्न कृपया 131 450मा फोन गर्नुहोस् र आवश्यक भाषामा 13 11 14 मा Lifelineमा कुरा गर्न ।

आश्रय-स्थल खोजिरहेका शरणार्थी र मानिसले विशेषज्ञ चिकित्सा र मानसिक स्वास्थ्य सहायतापनि पहुँच गर्न सक्छन् ।

COVID 19 हटलाइन र नि:शुल्क परीक्षण

तपाईंले आफूलाई COVID-19 (कोरोना भाइरस) लाग्न सक्ने शंका गर्नुहुन्छ भने 1800 675 398 मा समर्पित हटलाइनलाई फोन गर्नुहोस्। हटलाइन 24 घण्टा, 7 दिन खुल्छ

तपाईंले आफ्नो मेडिकेयर वा भिसा स्थिति जे भए पनि नि:शुल्क COVID-19 (कोरोना भाइरस) परीक्षण प्राप्त गर्न सक्नुहुन्छ। तपाईंको क्षेत्रमा परीक्षण स्थान फेला पार्नुहोस्

COVID-19 महामारीले स्वास्थ्य र कल्याणलाई सुधार गर्न समुदाय तथा सामाजिक सम्बन्धहरूको महत्वलाई जोड दिएको छ । त्यसैले भिक्टोरियन सरकारले अलग्गै गरिएका भिक्टोरियनहरूलाई सम्पर्कमा रहन मद्दत गर्नको लागि 1800 COVID-19 हटलाइन विस्तार गरेको छ । तपाईंले एक्लो महसुस गर्नुभएको छ भने, 1800 675 398 मा COVID-19 हटलाइनलाई कल गर्नुहोस् र तपाईंको स्थानीय समुदायका मानिसहरूसँग तपाईंलाई संलग्न गर्न सक्ने अष्ट्रेलियाली रेड क्रस स्वयंसेवकसँग कुरा गर्न '3' थिच्नुहोस् । 160 भिन्न-भिन्न भाषाहरूमा दोभाषे सेवा उपलब्ध छ ।

सहयोगी हुन सक्ने अतिरिक्त स्रोतहरू

राज्य र क्षेत्र स्रोतहरू